एजेन्सी । ८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रीकी चर्चित नायिका निशा नूरसँग रजनीकान्त र कमल हसनजस्ता चर्चित स्टार काम गर्न चाहन्थे । त्यतिबेला निशाले थुप्रै फिल्ममा काम गरिन् । तर एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिए जसका कारण उनले बदनामीका कारण सधैंका लागि फिल्मी क्षेत्र छोड्नुपर्यो । त्यसको थुप्रै वर्षपछि सडकमा निकै नाजुक अवस्थामा भेटिएकी थिइन् निशा ।
वरिपरिका मानिसहरुले उनलाई अस्पताल भर्ना गरेपछि उनलाई एड्भ भएको थाहा भयो । जब निशालाई नागोरको दरगाह नजिकै भेटियो तब उनको शरिरमा किरा र कमिलाले डेरा जमाएका थिए । यी अभिनेत्रीको एड्सका कारण मृत्यु भएपछि यसले मिडियामा निकै धमाका पिटेको थियो । आज हामी तपाईंलाई एड्स लागेर मृत्यु भएका पाँच सेलिब्रिटीबारे जानकारी दिँदै छौं ।
पेड्रो पाब्लो जमोराः
अमेरिकामा जब समलैङ्गिकतालाई अपराध मानिन्थ्यो तब पाब्लो यस्ता व्यक्ति थिए जसले खुलेर आफू समलिङ्गी भएको कुरा स्विकारेका थिए । पाब्लो र उनका समलिङ्गी पार्टनर सीन सस्सेर एड्सले ग्रस्त थिए । पाब्लो एमटीभीका चर्चित कार्यक्रम द रियल वर्ल्डः सान फ्रान्सिस्कोमा आफ्नो रोग र समलिङ्गी भएकोमा खुलेर कुरा गरेका थिए । उनको मृत्यु सन् १९९४ नोभेम्बर ११ तारिखमा भएको थियो । त्यसदिन उनको रियालिटी शोको अन्तिम एपिसोड पनि अन–एयर भयो । उनको मृत्यु भएको केही दिन पछि नै उनको पार्टनरको मृत्यु पनि भयो ।
जिया सारंगीः
यी अमेरिकी मोडल संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन् । उनलाई २६ वर्षको उमेरमा नै एड्स लागेको थियो । एक समय उनी मोडलिङ जगतको शिखरसम्म पुगेकी थिइन् । तर उनलाई लागुऔषधको लत लाग्यो जसका कारण उनको करियरको ग्राफ खस्कन थाल्यो । निमोनियाका कारण उनलाई अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले उनको शरिरमा एचआइभी भाइरस पाए । त्यसको केही समयपश्चात् नै उनको मृत्यु भयो ।
आर्थर ऐशेः
अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थर यूएस डेविस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी थिए । हार्ट बाइपास सर्जरीका क्रममा लिइएको रगतका कारण उनी एचआइभीको संक्रमणमा आए । आफ्नो रोगबारे थाहा पाएपछि उनले मानिसहरुलाई एड्सबारे जागरुक गराउनका लागि थुप्रै कदम उठाए । सन् १९९३ मा उनको यसै कारण मृत्यु भयो ।
रिक्की विल्सनः
अमेरिकी संगीत क्षेत्रमा निकै चर्चित थिए रिक्की । चर्चित ब्याण्ड बी५२ का उनी गितारिस्ट थिए । उनलाई आफू एचआईभी संक्रमित भएको कुरा सन् १९८३ मा थाहा भयो । त्यसको दुई वर्ष पछि रोगसँग लड्दा लड्दै उनको मृत्यु भयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




