सन् २००८ मा बुद्ध एयरमा जुनियर फस्ट अफिसरका रूपमा प्रवेश गरेका पाइलट हुन्, शिखर ढकाल तथा कोमल बस्नेत । पुख्र्यौली घर विराटनगर भएको यो जोडीको पारिवारिक सम्बन्ध निकै सुमधुर थियो । विदेशबाट पढाइ सकेर नेपाल आउँदासम्म शिखर र कोमलबीच चिनजान भने भएको थिएन । कोमल विराटनगरमा हुँदा शिखरको परिवार काठमाडौं सरिसकेकाले पनि उनीहरूको भेट नभएको हो ।
अमेरिकाबाट पाइलट कोर्स सकेर काठमाडौं आई एफआरओ कक्षा लिने क्रममा उनीहरूबीच चिनजान भयो । १२ जनाको उक्त समूहमा शिखर, कोमल र अन्य दुई जना मिल्ने साथी थिए । त्यसमा पनि शिखर र कोमल बढी क्लोज देखिन्थे । कोमलसँग त्यतिबेला सवारी साधन थिएन । त्यसैले शिखर लिन आउँथे अनि पुर्याउन पनि जान्थे । बाइकको पछाडि बसेर विभिन्न कुराकानी गर्दै नजिकिएको यो जोडी फुर्सदमा खान र घुम्न जान थाल्यो । रिजर्भ बस्ने शिखर कोमलको बोली, व्यक्तित्व एवं व्यवहारका साथै कसैसँग नडराउने बानिप्रति आकर्षित भए । कोमललाई भने शिखरको इनोसेन्स, कुल अनि नआत्तिने व्यवहार एवं कामप्रतिको इमान्दारिताले आकर्षित गर्यो ।
एकले अर्कालाई मन पराउने कुरा थाहा पाएपछि घरबाट उनीहरूको मागी विवाह भएको हो । उनीहरूको विवाहमा उनीहरूजत्तिकै दुवै परिवार खुसी थिए । विवाहपछि करियरमा गार्हो भन्दा अझ ऊर्जा बढेको उनीहरू बताउँछन् । उनीहरूले एउटै प्लेन उडाउन नपाए पनि एउटै समयमा छुट्टाछुट्टै प्लेन भने धेरैपटक उडाएका छन् ।
एउटै समय हुँदा एयरपोर्टमा एक–अर्कालाई भेट्दा निकै रमाइलो अनुभव हुने कोमल बताउँछिन् । अफिसले हप्ताको एक दिन सँगै छुट्टी मिलाइदिएकाले उनीहरूलाई घुम्न वा कतै जान समय मिलाउनु पर्दैन । समय मिलाएर वर्षको एकपटक बाहिर घुम्न जाने यो जोडीलाई एउटै क्षेत्रको भएकाले कामको मर्म बुझ्न सजिलो भएको अनुभव छ । उनीहरूले भारतको टुर जंग कम्पनीमा ७ महिना क्याप्टेनका रूपमा काम गरेका छन् । त्यहाँ कतिपय ठाउँमा नेपाली भनेर हेप्न खोज्दा कोमलले नै आवाज उठाउँछिन् ।
कुन ठीक हो, कुन बेठीक हो छुट्याएर त्यसमा अडिग भएर लाग्ने उनको क्षमतालाई शिखर सलाम गर्छन् । उनीहरू घरको काम पनि मिलेर गर्छन् । बिहान अफिस नहुनेले खाना बनाउनेदेखि लिएर घरका अन्य काम पनि गर्छन् । त्यसैले पनि उनीहरूमा घरको कामलाई लिएर कुनै तनाव हुँदैन । उनीहरू फुर्सदमा घरमै आराम गर्न रुचाउँछन् । अफिसबाट ६–६ महिनामा दुवैलाई सँगै ट्रेनिङमा बैंकक पठाइन्छ ।
त्यतिबेला उनीहरू दुई दिन समय थपी घुमेर आउँछन् । जस्तोसुकै समस्यामा पनि एकले अर्काको अनुहार मात्र देख्दा पनि आनन्द महसुस गर्छन् । यो जोडीलाई हरेक काम उत्तिकै रिस्क भएको काम जस्तो लाग्छ । उनीहरूलाई आकाशमा प्लेन उडाउँदा जस्तो रमाइलो क्षण अरू कुनै लाग्दैन । उनीहरू घरमा आ–आफ्नो अनुभव सुनाउँदै नयाँ टेक्नोलोजी र ठाउँ तथा मौसमका बारेमा छलफल गर्छन् ।
एउटै क्षेत्र हुँदाको बेफाइदा : पर्सनल लाइफमा समय मिलाउन गार्हो ।
कोमलका बारेमा शिखर
उनमा सही र गलत छुट्याउने क्षमता छ । कामप्रति निकै सचेत छिन् । मलाई पनि गाइड गरिरहन्छिन् ।
शीखरको नजरमा कोमल :
हरेक कुरामा सकारात्मक सोच राख्नुका साथै मलाई पूर्णरूपमा मनैदेखि साथ दिन्छन् ।
नारीबाट साभार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




