भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई अधिकार दिएको जिल्ला प्रहरी प्रमुख सोहिल हबिब ताजकले बताए ।ताजकले भनेबिबी आफैंले लोग्ने मार्ने योजना बनाइन् या आफ्नो केटा साथीको उक्साहटमा त्यसो गरिन् भन्नेबारे निचोडमा पुग्न प्रहरीले बिबीसँग सोधपुछ गर्नेछ ।’प्रारम्भमा जटिल लागेको यो घटना गत हप्ता भएको हो र हाम्रा प्रहरी अधिकारीले घटनामा संलग्न भएको आशंकामा बिबीका केटा साथीलाई समेत समातेको छ ताजकले एपीला ताजकका अनुसार बिबीको सेप्टेम्बरमा उनको इच्छाविपरीत अलिपुर नगरनजिकको गाउँमा विवाह गरिएको थियो । अलिपुर पूर्वी पन्जाव प्रान्तमा पर्ने मुल्तानबाट सय किलोमिटर दूरीमा पर्छ । उनले भने, ‘बिबी बिहेबाट खुसी थिइनन् र आफ्ना बाआमाको घर फर्कन चाहन्थिन् ।
ताजकका अनुसार गत हप्ता युवतीले विषालु तत्व आफ्नो केटासाथी साहिद लसारीबाट प्राप्त गरिन् र लोग्नेका लागि भनेर छुट्ट्याइएको दूधमा मिसाइन् । तर, लोग्नेले सो दूध नखाएपछि बिबीकी सासूले विषाक्त दूध परम्परागत दहीजन्य पदार्थ बनाउन प्रयोग गरिन् ।
सो पदार्थ २७ सदस्यीय सो परिवारमा बाँडियो र त्यसको सेवनबाट परिवारका सबै बेहोस भए र अस्पताल लगियो, जसमध्ये १७ जनाको मृत्यु भयो ।दूधजन्य पदार्थमा मिसाइएको विष् खान पुग्दा एकै परिवारको १७ जनाको मृत्यु ।
मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।
मेरा सबै अनुरोधलाई उनीहरूले अस्वीकार गरे र मेरा आफन्तसँग बिहे गर्न बाध्य पारेउनले भनिन् । बिबीले बिहेपछि पनि आफ्नो केटासाथीसँग नियमित प्रेम सम्बन्धमा रहेको बताइन् । बिबीले भनिन्, ‘मैले बिहे अस्वीकार गर्नेबारे जस्तोसुकै निर्णय लिन सक्ने भन्दै आफ्ना बाआमालाई सचेत गराएको थिएँ तर उनीहरूले सम्बन्ध-विच्छेद गराउनसमेत दिएनन् ।
उनले घटनाबारे दुःख व्यक्त गर्दै भनि लसारीले विष दिए । मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए ।’ ताजकले घटनाबारे जानकारी भएका सबैलाई पक्राउ गर्नमा प्रहरी लागेको बताए । मुल्तान सहरमा कार्यरत पाकिस्तानी वरिष्ठ अधिकारकर्मी फैसल चिङवानीले जबर्जस्ती गराइएको बिहेका कारण बिबी मानसिक तनावमा रहेका कारण हत्याको योजना बनाएको बताए । पाकिस्तानमा धेरै अभिभावकले आफ्ना छोरीको इच्छाविरुद्ध बिहे गराइदिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




