हातको सानो ‘कान्छी’ औला बाट पनि थाहा हुन्छ मान्छे को स्वभाब
हातको सानो ‘कान्छी’ औला बाट पनि थाहा हुन्छ मान्छे को स्वभाब
एजेन्सी – प्राचिन पढाई प्रविधीअनुसार हातको सानो औंलाले हाम्रो चरित्रबारे धेरै भन्न सक्ने कुरा सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । आज हामी तपाइँलाई दक्षिण कोरीयाली विधिबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँले मानिसको सानो औंला हेरी त्यस मानिसको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । औंलाको पढाईका लागि प्रमुख कारक आकार र लम्बाइ हुन् ।
प्रत्येक औंलामा तीन भाग हुन्छन् । यी भागका आधारमा व्यक्तित्वको जाँचपरख गर्न सकिन्छ । कुनै भाग लामो भयो भने अरू दुई भाग छोटा हुन्छन् ।
जस्को वर्गीकरण तल गरिएको छ:
१) छोटो औंला [ short finger ]: यसमा साहिंली औंलाभन्दा सानो औंला धेरै नै सानो हुन्छ । यस किसीमको औंला भएका व्यक्ति थोरै बोल्ने र लजाउने स्वभावका हुन्छन् । र यीनीहरु आफ्नो सपनाको पछि लाग्न डराउने किसीमका हुन्छन् । तर यीनीहरुले कुनै काम गर्ने साहस गरेपछि भने त्यसलाई पुरा गरेर मात्र छोड्दछन् ।
२) साधारण औंला [ Normal finger ]: यस्मा सानो औंला साहिंली औंलाको जोर्नी सम्म पुगेको हुन्छ । यीनीहरु परिपक्व र सन्तुलित व्यक्तित्व भएका हुन्छन् ।३) लामो औंला [ Long finger ]: यस्ता औंला भएका व्यक्ति जोशिलो , आर्कषक र उत्साहित हुन्छन् ।
यीनीहरु हरेक कुरामा ध्यान दिन्छन् । र यस्ता व्यक्तिको े उपस्थिति भएमा मानिसहरु खुशी हुन्छन् । यीनीहरु प्रायजसो प्रतिभाशाली हुन्छन् । तर अरुको अगाडि यीनीहरुले कडा परिश्रम गरि आफूलाई साबित गर्नुपर्ने हुन्छ ।
४) साहिंली औंलासँग समान भएको सानो औंला [same as the ring finger ]:यस्ता औंला भएका व्यक्ति स्वतन्त्र, शक्तिशाली, महत्वाकांक्षी स्वभाव भएका हुन्छन् । यीनीहरु प्रायजसो राजनीतिज्ञ , डाइरेक्टर , प्रभावशाली व्यक्तित्व बन्दछन् । यीनीहरुसँग धेरै नै लुकेको प्रतिभाहरु हुन्छन् । तर यस्ता व्यक्तिले ठूला समस्याहरु पनि सिर्जना गर्न सक्दछन् ।
५) कम अवस्थित [ Low positioned ]: यस्मा सानो औंला अन्य औंलाहरुको मूलभन्दा कम हुन्छ । यस्तो औंला भएको मानिसहरु सपनाको संसारमा जिउँदछन् । यीनीहरु धेरै नै महत्वाकांक्षी स्वभावका हुन्छन् । यीनीहरुले धेरै योजनाहरु बनाउँछन् । र यस्ता व्यक्ति ठूल्ठूला सपना देख्ने किसीमका हुन्छन् ।
६) वर्ग आकार [ Square shape ]: वर्ग आकारको औंलाहरुमा सानो औंलाको पहिलो जोर्नी आयात आकारको हुन्छ भने माथिल्लो भाग समतल हुन्छ । यीनीहरुमा दुर्लभ गुणहरु पाईन्छ् । यस्ता व्यक्ति प्रायजसो ईमान्दार हुन्छन् । यीनीहरु धेरै नै संवेदनशील र आक्रमणकारी हुने भएकोले मानिसहरुसँग साथी बन्न गाह्रो महशुस गर्दछन् । तर यीनीहरु अविश्वसनीय नेता हुन्छन् ।
७)तिखो कांडा जस्तो देखिने औंला [Spiky]: यस्तो औंला भएका व्यक्तिहरु प्रायजसो अविश्वसनीय सार्वजनिक अभिनयहरु , राम्रो लेख्ने कला र कुटनीतिसम्बन्धि कलाको लागि चिनिन्छन् । यीनीहरुले सजिलै नयाँ भाषाहरु सिक्न सक्छन् । साथै समस्याहरुलाई छिटै समाधान गर्न सक्छन्
८) बाङ्गो औंला [curved]: बाङ्गो औंला भएका व्यक्तिहरुको टकराव ( झगडा गर्ने नियतले भेट्ने वा रिस देखाउन हुने भेट ) सम्बन्धि समस्याहरु प्राय रुपमा हुन्छ । तर यीनीहरुले झगडा मनपराउँदैनन् । र शान्ति चाहन्छन् ।
९)तपाईंको कान्छी औंलामा टुप्पोको भाग अधिक लामो छ भने तपाईंप्रति मानिसको अत्यधिक आकर्षण हुन्छ ।
१०)तपाईंको कुरा गर्ने तरिकाले पनि मानिस प्रभावित हुन्छन् । तपाईं आफैं पनि मानिसलाई गहिराइका साथ जाँचपरख गर्न सक्नुहुन्छ ।
११)कान्छी औंलाको बीचको भाग टुप्पो र फेदको भागभन्दा लामो भएमा त्यस्तो व्यक्ति अर्काको हेरचाह गर्ने किसिमको हुन्छ । आफूभन्दा अघि अर्को व्यक्तिलाई उनीहरू ध्यान दिन्छन् । यस्ता मानिस दुर्लभ हुन्छन् ।
११)कसैको कान्छी औंलाको फेदको भाग सबभन्दा सानो छ भने त्यस्तो व्यक्ति सबैप्रति बफादार हुन्छन् । यस्ता मानिस गफगाफ गर्न जान्दछन् ।
१२)कान्छी औंलाको तीनै भाग सानो छ भने पूरै औंला नै सानो हुन्छ । यस्तो व्यक्ति भीडमा हराउने किसिमका हुन्छन् । यिनीहरू भएनभएको कसैलाई थाहै हुँदैन । कम लोकप्रिय हुन्छन् यस्ता व्यक्ति ।
१३)टुप्पो र फेदको भाग लामो अनि बीचको भाग छोटो छ भनृ त्यस्तो व्यक्ति अत्यन्तै जिद्दी हुन्छ । उनीहरू कुनै पनि किसिमको परिवर्तन मन पराउँदैनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




