काठमाडौं, २७ मंसिर । नेपाली एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरी नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर बुधबार दुवईं प्रस्थान गरेकी छन् ।
राष्ट्रको गहना मानिले खेलाडीलाई राज्य र विभागले वास्ता नगर्दा खेलाडीहरु आफ्नो जीविकोपार्जन र आर्थिक स्थिति सुधार्न विदेश पलायन हुने लर्काे नै लागेको छ । यसैमा बुधबार नेपाली एथ्लेटिक्सकी कीर्तिमान धारी महिला खेलाडी केशरी चौधरी थपिएकी हुन् । २६ वर्षीय केशरीले दुबईमा रोजगारीका लागि जानुअघि नेपाल प्रहरीको जागिरबाट राजीनामा गरेकी थिइन् ।
नेपाली एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङले केशरी विदेसिएसँगै ट्रयाक एन्ड फिल्डमा ठूलो क्षति पुग्ने बताए । ‘केशरी नेपाली एथलेटिक्सका प्रतिभाशाली खेलाडी हुन् । उनी विदेश गएपछि यसको असर नेपाली खेलकुदमा प्रष्ट देखिनेछ ।’ गुरुङले भने, ‘उनी नेपाल आएको बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना नहुन सक्छ । केशरी विदेश पलाउन हुनु नेपाली एथलेटिक्सको लागि ठुलो घाटा हो ।’
उनलाई नजिकबाट चिन्ने खेलाडीहरुका अनुसार करिब १० वर्ष पुलिसको जागिरे हुँदा पनि बढुवा नभएपछि उनी निरास भएर प्रहरीको जागिर छाडेर विदेशिन परेको बताउँछन् । दुबईमा केशरीको तलब करिब १ लाख १२ हजार हुने बताइएको छ ।
उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई दसौं पल्ट तोडेकी थिइन् । उनले २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिपमा सय मिटर दौडमा पनि भाग लिएकी थिइन् । सन् २००८ मा एसिसी युथ–१९ महिला च्याम्पियनसिपको उपाधि जित्दा उनी अलराउन्डरको भूमिकामा थिइन् । २०६७ सालदेखि नेपाल प्रहरीमा कार्यरत केशरीको नाममा अहिले हाइजम्प, लङजम्प, ट्रिपल जम्प र सय मिटर हडल्र्समा गरी ४ राष्ट्रिय कीर्तिमान बनाएको छ । केशरीले बंगलादेशको ढाकामा भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) गेम्स पनि खेलेकी थिईन् । भारतमा सन् २०१६ मा भएको साग गेम्समा पनि आफ्नो चुनौती पेश गरेकी थिईन् । उनले पूर्वाञ्चलमा सन् २०१६ मा भएको सातौ राष्ट्रिय खेलकुदमा पनि ३ स्वर्ण र एक कास्य हात पारेकी थिईन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार