काठमाडौँ । संसारमा गीत, संगीत मन नपराउने सायद कोही नहोला । दु:खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो ।
राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति “अमर-२” गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ । सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन “अमर” कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् । राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत अमर-२ मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।
उक्त कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको
“हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी”
गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ । निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरि सक्नु भएको छ ।
कार्यक्रमको सभापतित्व ओएसनेपालका तर्फबाट विवेक कार्कीले गर्नु भएको थियोे । उहाँले तीन दशक भन्दा लामो समयदेखि साहित्य, गीत, संगीत र चित्रकारीतामा लागेको कारण कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मान स्वरुप ओ. एस म्युजिक अवार्ड लाईफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मानित गरेको र उहाँकै कृति प्रकाशित गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा कवि, गीतकार तथा गायक दिनेश थानीले स्वागत मन्तव्य दिएको उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणी देवकोटा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्कीबाट एल्बमको बारेमा बोल्नु भएको थियो । भक्तपुर पत्रकार संधका अध्यक्ष एवं गीतकार पुष्पराज बुढाथोकी”साउँतेली” ले कार्यक्रम संचालन गरेको थिए ।
दर्पणनेपालबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




