काठमाडौँ । सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो।
प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ।यस्तै प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्।
प्रहरी निरीक्षक (चिकित्सक) का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्छ भने प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्छ।
साउन १३ गतेदेखि भदौ १२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दरखास्त सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउनुपर्ने हुन्छ।
सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उत्तीर्ण गरेको हुनुपर्छ भने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ।यस्तै स्टाफ नर्सका लागि कम्तिमा प्रमाण पत्र तह र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




