काठमाडौं : गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिँदै ७५ हजार मानिसले एकै स्वरमा बुद्धको वचन वाचन गरेर विश्व रेकर्ड राखिने भएको छ। गिनिज बुक अफ वल्र्ड रेकडर्ससँग अनुमति लिएर माघ २७ गते राजधानीको टँुडिखेलबाट सामूहिक सन्देश दिँदै रेकर्ड राख्न लागिएको हो।
बुद्ध भारतमा जन्मिएको भन्दै सन् २०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन्। बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद् नेपालले कार्यक्रम गर्न लागेको हो।
बुद्धको धर्मपथलाई एकै स्वरमा वाचन गरी ७५ हजार मानिसको प्रत्यक्ष उपस्थितिमा काठमाडौंको टुँडिखेलमा विशेष व्यवस्थासहित कार्यक्रम आयोजना गरिने परिषदकी उपाध्यक्ष प्रतिष्ठा अमात्यले बताइन्। यो कामका लागि गिनिज बुकसँग सहमति लिइसकेको उनले जनाइन्। मापदण्ड पूरा गर्ने गरी कार्यक्रम सफल बनाउने लक्ष्यसहित बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गर्ने कार्यक्रम रहेको उनले बताइन्।
सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले औपचारिक प्रवेश पासको शुभारम्भसमेत गरेका छन्। युनेस्कोले बुद्ध नेपालमै जन्मिएको भनेर लुम्बिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा राखेको छ। सहभागीलाई गिनिज बुकका प्रतिनिधिको उपस्थितिमा क्यूआर कोड दिएर प्रवेश गराउने र सिट नम्बरसहित गन्ती गरेर तथ्य राख्ने व्यवस्था गरिएको छ। सरकार र गैरसरकारी निकायको समेत उपस्थितिमा बिहान ११ बजेदेखि दिउँसोसम्म प्रवेश गराउने र अपराह्न ३ बजे सबैको एकै स्वरमा बुद्धका तीन वचन वाचन गरी रेकर्ड राखिने भएको छ। टुँडिखेलमा १० हजार सिट उच्च व्यत्तित्वका लागि व्यवस्था गर्ने गरी अनलाइन र मेनुयलमार्फत सहभागीलाई दर्ता गर्ने व्यवस्था गरेको आयोजकले जनाएको छ।
पिता शुद्धोदन र माता मायादेवीको कोखबाट इसापूर्व ५६३ मा गौतम बुद्धको लुम्बिनीमा जन्म भएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




