मुलुकमै पहिलोपल्ट वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरण पाँचथरबाट वितरण गर्ने तयारी थालिएको छ । सो कार्यका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी अधिकृत रामकृष्ण सुवेदीसहितको टोली पाँचथर आइपुगेको छ ।
कार्यकारी अधिकृत सुवेदीसहितको टोलीले पहिलो चरणमा प्रचार–प्रसारको काम सुरु गरेको छ । बिहीबार सदरमुकाम फिदिममा पत्रकारहरूसँगको अन्तक्र्रियामा बोल्दै सुवेदीले फिदिम नगरपालिकाका सबै वडाका जनप्रतिनिधि र जिल्लास्थित कार्यालय प्रमुखहरूसँग आवश्यक परामर्श गरिएको बताए । अब जिल्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग छलफल गरिने सुवेदीले जानकारी दिए ।
परामर्श र प्रचार–प्रसारको काम सकिएपछि फागुन पहिलो सातादेखि परिचयपत्रका लागि विवरण संकलनको काम सुरु गरिने बताइएको छ । त्यसपछि संकलित विवरणलाई गृह मन्त्रालयमा पु¥याएर परिचयपत्र प्रिन्ट गरी चैत अन्तिमदेखि वितरण गरिने कार्यकारी अधिकृत सुवेदीले बताए । परिचयपत्र प्रिन्ट गर्नका लागि गत अगस्टमै फ्रान्सबाट मेसिन गृह मन्त्रालयमा ल्याइसकिएको पनि उनले जानकारी दिए ।
पहिलो चरणमा १ लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी छ । जसमध्ये पाँचथरमा १ लाख १० हजार परिचयपत्र वितरण गरिनेछ भने बाँकी ७ हजार सिंहदरबारका कर्मचारीलाई वितरण गरिनेछ । परिचयपत्रमा सुरुमा व्यक्तिको वैयक्तिक र जैविक विवरण समावेश गरिनेछ । मेमोरी चिप्ससहितको मेसिन रिडेबल कार्ड हुने भएकाले यसमा व्यक्तिका आवश्यक अन्य सम्पूर्ण विवरणसमेत राख्न सकिने बताइएको छ ।
तत्काललाई नेपाली नागरिकता लिइसकेका र नागरिकता लिन योग्यता पुगेकाहरूलाई परिचयपत्र वितरण गरिने केन्द्रका निर्देशक चेतराज पराजुलीले बताए । नेपाल सरकारले २०६६÷६७ सालदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अघि सारेको थियो । तर १९ भदौ २०७४ को मन्त्रिपरिषद्को निर्णयपछि भने परिचयपत्र वितरणको कामले मूर्त रूप लिएको हो ।
परिचयपत्रमा सरकारी कार्यालय साथै अन्य सम्पूर्ण काममा आवश्यक विवरणसमेत राख्न सकिने भएकाले अब विस्तारै अन्य परिचयपत्रहरूको काम पनि राष्ट्रिय परिचयपत्रले नै गर्ने कार्यकारी निर्देशक सुवेदीले बताए । जसबाट राज्यको व्ययभारसमेत कम हुँदै जाने सुवेदीले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




