३० पुस, काठमाडौं । पूर्वी तराईमा बाक्लो हुस्सु लागेकाले सोमबार बिहानदेखि त्यसतर्फ कुनै उडान हुन सकेको छैन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानदेखि सिमरा, जनकपुर, विराटनगर, भैरहवातर्फको उडान हुन सकेको छैन । तर पहाडी भेगमा भने उडान प्रभावित भएको छैन ।

साथै सुदुरपश्चीमाञ्चलस्थित धनगढी बिमानस्थलमा भने उडान भइरहेको छ । पोखरा लुक्ला जस्ता क्षेत्रको उडान प्रभावित नभएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

पहाडी क्षेत्रतिरको मौसम ठिकै भएकाले अहिले नियमित उडान भइरहेको ठाकुर बताउँछन् । ‘तराई क्षेत्रमा विहानदेखि हुस्सु लागेको छ, जसका कारण अहिलेसम्म त्यसतर्फ कुनै उडान हुन सकेको छैन,’ उनले भने ।

हुस्सु खुलेपछि मात्रै तराईका बिमानस्थलमा उडान गराउने त्रिभुवन विमानस्थल कार्यालयको तयारी छ । अत्याधुनिक मेसीन जडान नभएका कारण तराईका विमानस्थलहरुमा यस्तो हुस्सु लागेको समयमा उडान प्रभावित हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार