काठमाडौं। सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिने छ ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लियो ।
त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।
सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो ।
अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो ।
यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् ।
राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल अहिले विवादमा छ ।
एक वर्षअघि बालगोपालेश्वर मन्दिरमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेर सम्पदा मास्न खोजिएको भन्दै पुरातत्व विभागले पुनःनिर्माणमै रोक लगाएको थियो ।
गत पुस दोस्रो साता रानीपोखरी पुनर्निर्माणमा यही समस्या दोहोरिएपछि हाल काम रोकिएको छ ।
विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रतिवेदन दिएपछि मात्र काम अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।
दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




