अफगानिस्तानका अधिकारीहरूले राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा कम्तीमा चारजना बन्दुकधारीले हमला गरेको बताएका छन्।
आन्तरिक मामिलासम्बन्धी मन्त्रीका प्रवक्ताले विशेष फौजले चारमध्ये दुईजनालाई मारिदिएको र अन्य हमलाकारीसम्म पनि पुग्ने प्रयास गरिरहेको बताएका छन्।
बन्दुकधारीहरू शनिबार राति होटलमा प्रवेश गरेर होटलका पाहुना र कर्मचारीमाथि गोलि चलाएका थिए र ग्रिनेड विस्फोट गराएका थिए।
अधिकारीहरूले ती बन्दुकधारीको आक्रमणमा परी कम्तीमा पाँचजना घाइते भएको बताएका छन् तर कति मानिसहरू मारिए भन्ने चाहिँ स्पष्ट भएको छैन।
हमला
पाँच तल्ले भवनमा स्थानीय समय अनुसार राति ९ बजेतिर हमला शुरू भएको बताइएको छ।
बन्दुकधारीहरूले होटलमा प्रवेश गर्नका लागि पहिला होटलका सुरक्षागार्डमाथि गोलि चलाएका विवरणहरू आएका छन्।
सुरक्षा फौज आइपुग्नु अघि ती बन्दुकधारीहरूले होटलका कर्मचारीहरू र पाहुनामाथि गोलि हान्न थालेका थिए।
सुरक्षा फौज आइपुगेपछि उनीहरूले शुरुमा होटलको भुइँतल्ला खाली गरे तर हमलाकारीहरू अझै होटलको माथिल्लो तल्लामा रहेको आन्तरिक मामिला सम्बन्धी मन्त्रीका प्रवक्ता नसरत रहिमीले बीबीसीलाई बताए।
होटलतस्वीर कपीराइटREUTERS

राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलको फाइल फोटो।
सुरक्षा
उक्त होटलमा प्रान्तीय अधिकारीहरूको सूचना प्रविधिसम्बन्धी सम्मेलनको आयोजना भएको खबरहरू आएका छन्।
काबुलस्थित अमेरिकी दूतावासले सहरका होटलहरूको सुरक्षाबारे सचेत रहन भनेको केही दिनमै होटलमा यस्तो हमला भएको हो।
यो होटल त्यही हो जहाँ सन् २०११ मा तालिबानले पनि हमला गरेको थियो।
त्यतिबेलाको हमलामा जम्मा २१ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




