वैदेशिक रोजगारका लागि कोरिया जान चाहनेले अब कम्प्युटरबाट परीक्षा दिनुपर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् दक्षिण कोरिया जानेले कागजी परीक्षा प्रणालीको साटो कम्प्युटरमा आधारित भाषा परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

‘अब कम्प्युटरमा भाषा परीक्षा’ शीर्षक दिएर गोरखापत्र दैनिकले लेखेको छ– वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस, कोरिया शाखाले सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान चाहनेका लागि यस्तो व्यवस्था गर्ने तयारी गरेको हो । ईपीएसमाफृत् नेपाली श्रमिक लैजाँदै आएको कोरियास्थित मानव संशाधन विकास विभाग (एचआरडी) को मागअनुसार उक्त प्रणालीमार्फत परीक्षा दिलाउने व्यवस्थाको तयारी गरिरहेको ईपीएस शाखाले जनाएको छ ।

पुनः जान आवेदन खुलाउने तयारी

समाचार अनुसार, ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया गई कम्तीमा तीन वर्षसम्म काम गरी वैधानिक भएर फर्किएका व्यक्तिका लागि कम्प्युटरको माध्यमबाट आवेदन खुलाउने तयारी गरेको छ । सो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार