काठमाडौं, १६ माघ — अमेरिकाको न्युजर्सीमा एक जोडीले ट्वाइलेटमा विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् ।

न्युजर्सीको मन्माउथ काउन्टीमा ब्रायन र मारियाले कार्ट म्यारिज गरेका हुन् । उनीहरू आफ्ना परिवार र साथीका साथ अदालत पुगेका थिए ।

त्यतिखेरै ब्रायनकी आमालाई सास फेर्न गाह्रो हुन थाल्यो । अदालतका अधिकारीहरूले छिट्टै निर्णय लिँदै दुलाहाकी आमालाई बाथरूम पु–याएर अक्सिजन दिन थाले ।

जोडीलाई आमाको स्वास्थ्यको चिन्ता भयो तर बिहे नगर्दा म्यारिज लाइसेन्सका लागि अर्को ४५ दिन कुर्नुपर्ने भयो ।

दुलाहाकी आमाविना बिहे हुन सक्दैनथियो किनकि उनले कागजमा हस्ताक्षर गरेकी थिइन् । अनि जोडीले ट्वाइलेटमै बिहे गर्ने निर्णय लियो । त्यसपछि न्यायाधीश पनि आए ।

बिहे जनवरी २ मा भएको थियो तर अधिकारीहरूले त्यसको तस्वीर फेसबूकमा शेयर गरे ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार