माघ २२, २०७४ ललितपुरमा नयाँ कुमारी चयन गरिएको छ । ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्यलाई कुमारी छानिएको हो । अहिले युनिका बज्राचार्य कुमारी छिन् । ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले बज्राचार्यलाई नयाँ कुमारीका रुपमा चयन गरेको ललितपुर तलेजुका पूजारी निरन राजोपाध्यायले बताउनुभयो । उहाँकाअनुसार शास्त्र, ज्योतिष र भौतिक शरिरको आधारमा निहिरालाई चयन गरिएको हो । युनिका रजश्वला भएपछि नयाँ कुमारी चयन गरिएको रजोपाध्ययले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सुरुमा ५ जना बालिका छानेका थियौं, त्यसपछि अन्तिममा सोहना बज्राचार्य र निहिराबीच प्रतिस्पर्धा गराइएको थियो । जसमा निहिरा नयाँ कुमारीको रुपमा छानिइन् ।’ उहाँकाअनुसार आगामी फागुन ५ गते निहिरालाई कुमारीका रुपमा प्रतिस्थापन गरिने छ । शाक्य र बज्राचार्य कूलका बालिकालाई कुमारीको रुपमा चयन गरी पूज्ने चलन छ । ललितपुरमा चार वर्षअघि कुमारी फेरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




