मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ कंगना रनौटले विहे गर्ने भएकी छन्। ‘विवाहको लागि फेसनवेर’ कार्यक्रममा भाग लिँदै उनले आफ्ना फ्यानहरुसँग विहे गर्न लागेको खुलासा गरेकी हुन्।

कार्यक्रममा उपस्थित उनका फ्यानले तपाइले बिहे कहिले गर्ने भन्ने प्रश्नको जवाफ ठट्यौली पारामा दिदै कंगनाले ‘आशा गरौ चाँडै नै गर्नेछु तर मलाई सन् २०१९ को फेब्रुअरीसम्म समय दिनुहोस’ भनेकी थिइन्।

आफूले विवाह गरेपनि आफ्नो करियरबाट पछि नहट्ने बताएकी कंगनाले भनिन्, ‘मेरो लागि मेरो करियर सबैभन्दा ठुलो छ। म आफ्ना अवसरहरुमा सम्झौता गर्न सक्दिन। म आफूले चाहेको कुरा पाउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे। त्यसैले म जस्तोसुकै अवस्थामा पनि आफ्नो लक्ष्य प्राप्तीको लागि लडिरहन्छु।’

नायिका कंगना रनौतको ऐतिहासिक फिल्म ‘मनिकर्णिकाः द क्विन अफ झाँसी’ चाडै नै प्रदर्शनमा आउँदैछ। नागरिकबाट


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार