काठमान्डौं– नामिबियामा जारी आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअतर्गत आफ्नो तेस्रो खेलमा नेपाल अहिले यूएईसँग भिडिरहेको छ। टस हारेपछि ब्याटिङको निम्ता पाएको यूएईले २५ ओभरको खेल समाप्तीमा ७ विकेट गुमाएर ८८ रन जोडेको छ। सन्दिप लामिछानेले तीन , साेमपाल कामीले दुई तथा पारस खड्का र करन केसीले एक लिएका हुन्।
यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्। उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमायो ।
सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे।१८ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् । उनले अाफ्नाे तेस्राे अाेभरमा साइमान अनवरलाइ ब्यक्तिगत ३० रनमा अाउट गरे। पारसल २३ अाै अाेभरमा अाफ्नाे पहिलाे विकेट हात पारेका हुन्।
वर्षाका कारण यो खेल ३४ ओभरमा घटाईएको छ। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपाली टोलीमा यसअघि दुई खेलमा खेलेका सबै खेलाडीलाई यूएईविरुद्ध पनि निरन्तरता दिईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




