काठमाडौँ । फिलम ‘कृ’माघ २६ बाट प्रदर्शनमा आएको हो । यसको नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्मको केहि कथाहरु प्री गीतमा भएकोले गीतलाई पछि रिलिज गरिएको फिल्म निर्माण युनिटले बताएका छन् ।

‘उकालीमा पछि पछि’ नयाँ बोलको गीतमा ओरिजिनल संगीत रञ्जित गजमेरको र रिमेकमा अल्मोडा राना उप्रेतीले संगीत दिएका छन् । यस्तै अल्मोडा र सविन एकतारेको रिमेक शब्दरचनामा बनेको गीतलाई स्वयं अल्मोडाले नै गाएका हुन् । गीतको भिडियोलाई बिक्रम लामा र अञ्जेला खत्रीले कोरियोग्राफी गरेका छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल केसीलाई दुई अवतारमा देखाईएको छ ।

फिल्ममा अनमोल एक्सनको साथमा लवर ब्वाईको रुपमा पनि देखेईका छन्। सुवास इंटरटेनमेन्ट र काजल फिल्म्सको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता सुवास गिरी र अनमोल पिता भुवन केसी हुन् । फिल्ममा अनमोलको जोडीको रुपमा अदिती बुढाथोकी छिन् भने अन्य कलाकारहरुमा अनुपबिक्रम शाही, कामेश्वर चौरासिया रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार