काठमाडौँ- आज बिहान ‘गोरखा भूकम्प’को परकम्प गएको छ।

बिहान २ बजेर २३ मिनेट जाँदा काठमाडौंको डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन्। २०७२ बैसाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बेलाबेला परकम्प आइरहने गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार