फागुन १२, २०७४
काठमाडौं : कतै आपराधिक गतिविधि भइरहेको थाहा पाउनुभएको छ? वा प्रहरीको व्यवहारमाथि नै तपाईँलाई शंका लागेको छ? त्यसोभए उठाउनुस् फाेन र थिच्नुस्, ९८५१२-०५५५५। उठाउनेछन्, काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले।
अपराधीहरुबारे सूचना संकलन गर्न, उनीहरुविरुद्ध कडा कदम चाल्न र त्यस्तै प्रहरीले दिएको सेवाबारे नागरिकको धारणा बुझ्न यो नम्बर सार्वजनिक गरेको पोखरेलले बताए। ‘अपराधीहरुले समाजमा घटना घटाउँछन्, समाजमै बस्छन्। त्यसैकारण उनीहरूबारेको सूचना नागरिक तहमै बढी हुन्छ’, उनले भने, त्यसैले बढीभन्दा बढी सूचना दिन अनुरोध गर्छु। सूचना दिनेको परिचय गोप्य रहनेछ।’
नागरिकलाई सेवा दिन भनेर बसेको प्रहरीको गतिविधिमा शंका लागे जानकारी दिन उनले अाग्रह गरे। सेवामा अनियमितता गर्ने प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता उनले जनाए। ‘केही घटनामा प्रहरीमाथि नै अाशंका उब्जिएको छ’, उनले भने, ‘रक्षक नै भक्षक भएको पाइए बडो निर्ममतापूर्वक प्रस्तुत हुनेछु।’
काठमाडौं उपत्यकाका भित्री गल्लीमा प्रहरीको गाडी जान नसक्ने भएकाले सादा पोशाकमा ‘क्विक रेस्पन्स टिम’ खटाएको उनले बताए। पोखरेल गत माघ २९ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सरुवा भएर महानगरीय प्रहरी परिसर आएका हुन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




