थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ ।
पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो । अहिले पनि रोकिनुको साटो झनै बढेको छ ।
‘राजमार्ग कालोपत्रे गर्न २०२९ मा यहाँ आएका २८ जिल्लाका मजदुरमध्ये अधिकांशले ३ पुस्ता यतै गुजारे,’ स्थानीय रामचन्द्र रूपाखेतीले भने । त्यतिबेला गिट्टी कुटने स्वचालित विद्युतीय उपकरण थिएनन् । मजदुरका परिवार हातैले कुट्थे । ठेकेदारले संकलन गरी राजधानी निर्यात गर्थे । ‘यो चलन अझै पनि छ, दैनिक ५ हजार मजदुर ढुंगा संकलन गरी ट्याक्टरलाई बेच्ने र गिट्टी कुट्ने काममा संलग्न छन्,’ रूपाखेतीले भने ।
जुँगे खोलास्थित क्रसर व्यवसायी हरि काप्रीका अनुसार राजमार्ग कालोपत्रे सकिए पनि आग्रा खोलाको कालो गिट्टीले राजधानीसम्म चर्चा पायो । गजुरी बेल्खुको बालुवा र आग्रा खोलाको कालो गिट्टीको माग हात्तै बढेपछि मजदुरहरूले पनि आग्रा खोला छोड्न सकेनन् ।
राजधानीमा घर निर्माण गर्न गिट्टीको माग बढेपछि तत्कालीन जिल्ला विकास समितिले २०५० सालमै वातावरण प्रभाव मूल्यांकन गराई दैनिक २ सय ५० घनमिटर (करिब ६३ ट्याक्टर) मात्रै ढुंगा–गिट्टी र बालुवा निकासी गर्न अनुमति दिएको थियो । तर उक्त मापदण्डको अवज्ञा गर्दै दैनिक ३ सयट्याक्टरले कम्तीमा ४ हजार ८ सय घनमिटर ढुंगा, गिट्टी निकालेर क्रसरलाई बेच्ने गरेका छन् ।
‘यसै खोलाको ढुंगाले मात्रै पृथ्वी राजमार्ग वरपरका २३ वटा क्रसर सञ्चालनमा छन्,’ जिल्ला समन्वय समितिका राजस्व फाँटमा कार्यरत तुफेल अहमदले भने । यो खोलाको कालो ढुंगले महादेवबेंसी, एक्लेफाँट, ७ किलो, नौ किलो, थाक्रे र जुंगे खोलासम्मका क्रसरलाई ढुंगा आपूर्ति गर्ने गरिएको छ ।
दैनिक ६ देखि १२ सय खेप ढुंगा खोतल्दा खोलाको सतह ३ देखि ५ मिटर तल भासिएको छ । खोलाको सतह झर्दै गएपछि खोला किनारका खेतमा पनि सिँचाइ हुन छाडेको छ । ‘हरेक वर्ष कुलो मर्मत र मुहानका लागि झगडा हुन्छ । यसपालि बनाएको कुलो र मुहानको बाँध अर्को वर्ष निशानै रहन्न,’ एक किसानले भने ।
खोलामा ट्याक्टर र मजदुरहरूले सिन्डिकेट नै लगाएका छन् । यो खोलामा ट्रिपरले ढुंगा ओसार्न पाउँदैन । जेभीसी र एस्काभेटर लगाएर खोला खोतल्न पाइँदैन । मकवानपुरसँग सिमाना जोडिएको महाभारत शृंखलाबाट उत्तरतर्फ बग्ने आग्रा खोलाको करिब १६ किलोमिटरसम्म मजदुरहरूले ढुंगा निकाल्ने गरेका छन् । यसै खोलामा ३ वटा अवैध क्रसर पनि सञ्चालनमा रहेकाले जिल्ला अनुगमन समितिले हालै विद्युत् लाइन कटौती गरेको छ ।
राजमार्ग वरपरका निजी बैंकहरूबाट कृषि प्रयोजनका लागि भन्सार छुटमा निकालिएका ट्याक्टरले ढुंगा ओर्साछन् । ट्याक्टर राजमार्गमै गुड्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले रोक लगाएको थियो । अधिकांश ट्याक्टर चालक उमेर नपुगेका र इजाजतपत्रसमेत नलिएका थिए । ट्याक्टरले राजमार्गमा ढुंगा, गिट्टी ढुवानी गर्न नपाइने मापदण्ड भए पनि राजनीतिक दबाबले हालसम्म त्यस्तो काम चलिरहेकै छ ।
तीन सयवटा ट्याक्टर कम्तीमा ४ पटक खोलामै गुड्ने भएपछि निस्केको कालो हिलो महेश खोला हुँदै त्रिशूलीसम्म पुग्ने गरेको छ । यसै खोलाबाट निकासी हुने ढुंगाबाट थाक्रे गाउँपालिकाले वार्षिक करोडौं कर असुली गर्छ । आग्रा खोला मात्रै हैन नुवाकोटको सिमानाको कोल्फु खोलाबाट पनि बालुवा, गिट्टीको अवैध दोहन भइरहेको छ ।
कान्तिपुरबाट साभार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




