पोखरा । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएको निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । पर्यटनमन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचना चुलिदै गएको छ ।
सामाजिक सञ्जाल वाइड बडीमय बनेको छ भने मन्त्री अधिकारीमाथि आलोचना चुलिइरहेको छ । मन्त्री अधिकारीले भने पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको गुनासो गरेका छन् ।
संसदीय उपसमितिले वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ । वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्वसचिव शंकर अधिकारीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।
योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ- मन्त्री अधिकारी
वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताए ।
‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । तर, योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ,’ मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’
संसदीय समितिको प्रतिवेदनप्रति आफ्नो सम्मान रहेको मन्त्री अधिकारीको भनाइ छ । तर, आफू मन्त्री भएपछि वाइडबडीका सवालमा थप कुनै निर्णय नभएको मन्त्री अधिकारीले जोड दिए ।
वाइडबडीका सन्दर्भका मन्त्री अधिकारीले विज्ञप्ति निकाल्ने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ । स्पष्ट पार्ने गरी विज्ञप्ति निकाल्ने तयारी भइरहेको उनको निजी सचिवालयले बताएको छ । सुरुवातदेखिनै,उनले यदि आफ्नो संलग्नता पुष्टीभएमा राजनितीक जीवनबाट नै सन्यास लिने बताईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




