काठमाडौँ । चर्चित लोक गायक पशुपति शर्माको पक्षमा उभिएर लेखक दिल निशानी मगरले यो देशमा कान्छाहरुको लुटैलुट भएको दाबी गरेका छन् । पशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’लाइ राष्ट्रपति र प्रधानमन्त्रिको अपमान भएको भन्दै राजनतिक दवाबका कारण गायक शर्माले हटाउन बाध्य भएपछी निशानी मगरले एउटा स्थापित गायक सर्जकलाइ शब्द चयन गर्न सिकाउन नहुने जिकिर गर्दै उनका गितहरु सुन्न नपाइएकोमा आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्रीलाइ शासन ब्यबस्था माथि प्रश्न गर्दै दिल निशानीले भनेका छन्, ‘संधैभरि उखान-टुक्का मात्रै सुनिदिनु पर्ने, यो कस्तो शासन हो ?’
देशमा लुटैलुट भएको बताउदै, ‘अख्तियारकै लाजनारायणले ३ करोड हसुरे । यो देशको माटोलाई निधारमा लगाएर कसम खानुहोस् मित्रहरु, यो देशमा लुट छ कि छैन? भन्दै गम्भीर प्रश्न सम्म गरेका छन् ।
राष्ट्रपतिको अपमान भएको टिप्पणीलाइ पनि लेखक मगरले खण्डन गरेका छन् । राष्ट्रपति संस्थाको सम्मान गरिने तर संस्थाको छाडापनलाइ भने सम्मान गर्न नसकिने बताएका छन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारी कुनै भगवान बिष्णुको अबतार नभएको कटाक्ष गर्दै उनीपनि जनताको छोरी भएको बताएका छन् ।
दिल निशानीले भनेका छन्, ‘राष्ट्रपती संस्थाको सम्मान गर्ने हो, तर संस्थाको छाडापनलाई जि,जि हजुर गर्न सकिन्न। ग्यानेन्द्रलाई मुर्ती चोर भनेकै हो। बिध्यादेवी भण्डारी भगवान बिष्णुको अवतार हैनिन्।’
राष्ट्रपति भण्डारीले पनि बिगतमा फाटेको साडी लगाएर शंखमूल चोक तिर उभिने जनताकी छोरी भएको बताएका छन् ।
हेर्नुहोस उनको भनाइ जस्ताको त्यस्तै:
कमरेडहरुको चाकमा अलिकती बोसो के लागेको थियो, एउटा स्थापित गायक-सर्जकलाई शब्द चयन गर्न सिकाई हाले। गित सुन्न पनि नपाईने, सधैभरी उखान-टुक्का मात्रै सुनिदिनु पर्ने। यो कस्तो शासन हो?
अख्तियारकै लाजनारायणले ३ करोड हसुरे। यो देशको माटोलाई निधारमा लगाएर कसम खानुहोस् मित्रहरु, यो देशमा लुट छ कि छैन? जहाँसम्म गितकै कारण राष्ट्रपती ज्यूको अपमान भयो भनिएको छ। राष्ट्रपती संस्थाको सम्मान गर्ने हो, तर संस्थाको छाडापनलाई जि,जि हजुर गर्न सकिन्न। ग्यानेन्द्रलाई मुर्ती चोर भनेकै हो। बिध्यादेवी भण्डारी भगवान बिष्णुको अवतार हैनिन्। केही बर्ष अगाडी सम्म फाटेको साडी लगाएर शंखमूल चोक तिर उभिने जनताकी छोरी हुन्।
पशुपति शर्मालाइ गित हटाउन दवाब आएपछि यस्तो बिज्ञप्ति जारि गर्दै शब्द हेरफेर गरि पुन ल्याउने बताएका छन् ।
हेर्नुहोस उनको बिज्ञप्तिको पूर्ण पाठ:
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !
हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।
सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।
मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।
सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।
र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।
धन्यवाद ।
पशुपती शर्मा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




