ललितपुर, ८ फागुन । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलकी एक ९ वर्षीय बालिका आफ्नै बावुबाट बलात्कृत भएकी छिन् । ३८ वर्षीय आफ्नै बावुले छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ ।

मद्यपानको मातमा ती बावुले फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँमा दर्ता भएपछि घटना सार्वजनिक भएको हो ।

घरका कोही नभएको मौका छोपी बाबुले आफ्नै छोरीमाथि बलात्कार गरेको र दुई दिनसम्म रक्तश्राव नरोकिएपछि गाउँलेले थाहा पाई उपचारका लागि बालिकालाई स्वास्थ्यचौकी पुर्याएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार