काठमाडौं। गैरआवासीय नेपाली र विदेशीलाई राष्ट्रिय परिचयपत्र दिन नहुने सुझाव दिइएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए ।

सांसद विजय सुब्बाले गैर आवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरुलाई परिचयपत्र वितरण गर्दा राष्ट्रियतामा आघात पुग्ने विचार व्यक्त गरे ।

त्यसैगरी सांसद पम्फा भुसाल, सांसद यशोदा सुवेदी, प्रेम सुवाल, रेखा शर्मा, दीव्यमणि राजभण्डारी, नवराज सिलवाल तथा गृहसचिव प्रेमकुमार राईले परिचयपत्रमा फोटो, औँलाको छाप, रेटिनाको प्रयोग गरी वैयक्तिक तथा जैविक विवरणको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार