अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ ।
सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् ।
‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म निर्माणका लागि विराजले पाण्डेलाई फागुनबाट फिल्म सुरु गर्ने भन्दै पुसमा प्रोडक्शन डिजाइनरको रुपमा सम्झौता गरेका थिए । तर, अहिलेसम्म सुरु हुन सकेको छैन ।
सोमबार पनि क्याफेमा विराजले पाण्डेलाई फिल्म सुरु गर्ने विषयमा छलफलका लागि बोलाएका थिए । छलफलका क्रममा पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए ।
पाण्डेको जवाफ सुनेपछि विराजले पैसा फिर्ता मागेका थिए । तर, पाण्डेले आफूले ४ महिनाभन्दा बढी समयदेखि यो चलचित्रमा काममा हिँडेकोले पैसा फिर्ता दिन नसक्ने जवाफ दिए पछि विराजले पाण्डेलाई हात हालेका थिए । भट्टले हिर्काएपछि पाण्डे भूइँमा लडेका थिए ।
पाण्डे उक्त क्याफेमा चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेसँगै गएका थिए । केशव भने अर्काे कुनामा बसेका थिए । विराजले शंकरलाई कुटेपछि केशवले विराज भएको ठाउँमा पुगेर हात समातेका थिए । केसवले हात समातेपछि शंकरले पनि विराजलाई केही मुक्का हिर्काएका थिए ।
दुबैबीच हात हालहाल भएपछि क्याफेका मालिकले दुबैलाई क्याफेबाट निस्कन अनुरोध गरेका थिए । यस विषयमा शंकर र विराज दुवैसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनीहरु दुवैको मोवाइल अफ गरिएको छ ।
घटको बिषयमा चलचित्र प्राबिधिक संघले भने पुष्टी गरेको छ । संघका अध्यक्ष पुस्कर लामाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घटनाको भत्र्सनासमेत गरेको छ ।
‘अभिनेता एवं निर्माता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवं निर्माण नियन्त्रक शंकर पाण्डेलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको घटनाप्रति संस्थाको ध्यानाकर्षण भएको छ । गरिमामय पेशामा आबद्ध व्यक्तिबाट यस्तो हुलहुज्जत हुनु पक्कै शोभनिय काम होइन’ लामाले अगाडि लेखेका छन् ‘घटनाबारे नेफ्टा सत्यतथ्य बुझेर आवश्यक कदम चाल्ने नै छ । हामी प्राविधिकहरुको इज्जत, गरिमा, मर्यादा र कर्मलाई उचो बनाउन सदैव क्रियाशील छौँ । इज्जत दिन सिकौं ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




