२ साउन, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले खारेज हुन लागेका कम्पनीको पक्षमा सर्वोच्च उभिएको लेखेको छ भने केहीले सरकार र विप्लव समूहबीच वार्ताका लागि भइरहेकाे प्रयासदेखि मन्त्रीसहितको टोलीले वार्ता प्रभावित क्षेत्रमा गरेको निरीक्षणलगायत विषयबारे चर्चा गरेका छन् ।
मन्त्री र नेताहरूले बाढी प्रभावित क्षेत्रमा बुधबार गरेको निरीक्षणमाथि कान्तिपुरले मुख्य समाचार बनाएको छ । ‘आकाशबाटै निरीक्षण’ शीर्षक दिएर लेखिएको समाचार अनुसार, ६ दिनपछि रित्तो हात बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री तथा नेताहरू पीडितलाई नभेटी फर्केका छन् ।
खारेज हुन लागेको कम्पनीका पक्षमा रातारात सर्वोच्च उभिएकोलाई पनि आजको कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ । कान्तिपुरका अनुसार बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियामा जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अन्तरिम आदेश जारी गरेको हो । यूटीएलले प्राधिकरणलाई करिब ९० करोड रुपैयाँ बुझाउन बाँकी छ ।
समाचार अनुसार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मंगलबार गरेको आदेशकाे पत्र बुधबार दूरसञ्चार प्राधिकरणमा पुगिसकेको छ । प्राधिकरण सञ्चालक समितिको चैत ११ को बैठकले यूटीएललाई बक्यौता तिर्न असार मसान्तसम्मको म्याद दिएको थियो । प्राधिकरणले असार २२ गते चैतको उक्त निर्णय स्मरण गराउँदै रकम नतिरे ऐनअनुसार खारेजी प्रक्रियामा जाने भन्दै पत्र पठाएको थियो । तर, सर्वोच्चले यूटीएलले दायर मुद्दामा अन्तरिम आदेश दिँदै खारेज नगर्न भनेको छ ।
अन्नपूर्णले ‘अनौपचारिक संवाद तीव्र’ शीर्षक दिएर सरकार–विप्लव समूहबीच वार्ताको प्रयत्न भइरहेकोबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ । तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन् । दुवै पक्षले अनौपचारिक रूपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि औपचारिक पत्रमा गएर अड्किएको छ ।
समाचार अनुसार नेकपा महासचिव विष्णु पौडेल, सभामुख कृष्णबहादुर महरा, नेकपा नेता जनार्दन शर्मा र सोमप्रसाद पाण्डे यो समूहलाई संवादमा ल्याउन प्रयत्नरत छन् । त्यस्तै, विप्लव समूहका नेता अनील शर्मा, गुणराज लोहनी, हेमन्तप्रकाश ओली खड्गप्रसाद विक, माइला लामालगायत नेता सम्पर्क सूत्र बनेका छन् ।
प्रतिबन्ध फुकाउने र बन्दी नेता कार्यकर्ता रिहा गर्नुपर्ने विप्लव समूहको अडान छ । त्यस्तै वार्ताका लागि औपचारिक पत्र पनि यो समूहले खोजेको छ । तर सरकारले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धतापछि मात्र पत्र दिने पक्षमा छ ।
तीन करोडको हुलाक टिकट बेकम्मा भएकोदेखि विद्युतीय बस किन्न सरकारले तीन अर्ब दिइएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




