२० साउन, काठमाडौं । सरकारी जग्गा दुरुपयोग अब नयाँ विषय रहेन । यस्तैमा सेटिङमा नयाँ बसपार्कसमेत कब्जा गरिएको पाइएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानूनी पूरक सम्झौता भएको फेला परेको समाचार छापेको छ । यसरी गरिएको सम्झौताको हस्ताक्षरमा महानगरपालिकाले कसैलाई पनि साक्षी नराखेको पाइएको छ ।

‘कोरला र हिल्सामा चिनियाँ चासो’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, चीनले दुवै नाका खोल्न पुनः चासो देखाएको हो ।

संघीय संरचनाअनुसार राजनीतिक दलका संगठन सञ्चालन हुन नसकेको विषय पनि कान्तिपुरलले आज उठाएको छ । प्रमुख सत्तारूढ दल नेकपाले संघीयताअनुसार पार्टी संरचना निर्माण गरे पनि ती संक्रमणकालीन अवस्थामै रहेको समाचारमा उल्लेख छ । कांग्रेसले त प्रदेश संरचना बनाउनेबारे बल्ल छलफल थालेको छ ।

प्रधानमन्त्रीको उपचार आफ्नै खर्चमा हुने खबरलाई पनि आजका सबैजसो दैनिक पत्रिकाले प्राथमिकतापूर्वक छापेका छन्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार