काठमाडौं । आज माघे संक्रान्ति पर्व । नेपालीहरु घिउ, चाकु, सख्खर, तरुल, तिलको लड्डु जस्ता परिकार खाएर यो पर्व मनाउँदै छन् । तर विडम्बना के भने चाड पर्वमा खाइने यस्ता परिकारहरुमा पनि नेपाल आत्मनिर्भर छैन ।
चालु आर्थिक वर्षको पाँच महिनामा ३७ लाख ४७ हजार ८९६ किलो सख्खर भारतबाट नेपाल भित्रिएको छ । उक्त आयातका लागि ५ करोड ८७ लाख रुपैयाँ नेपालबाट बाहिरिएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षमा नेपालले ३८ करोड रुपैयाँभन्दा धेरैको सख्खर आयात गरेको थियो ।
यस्तै तरुल र शखरखण्डमा पनि नेपालले भारतकै मुख ताक्नु पर्ने अवस्था छ । यस वर्ष पनि भारतबाट तरुल आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा यस वर्ष भित्रिएको २४२ टन शखरखण्डमध्ये ८० टन भारतबाट आयात भएको थियो । यस्तै भारतबाट पुस महिनाभरीमा ४२ टन तरुल काठमाडौं भित्रिएको छ ।
कालीमाटी बजारमा भित्रिएको १२ सय ९६ टन तरुलमध्ये सर्लाहीबाट ५ सय ५५ टन, धादिङबाट १५६ टन, नवलपरासीबाट १०२ टन, सुनसरीबाट १२१ टन, चितवनबाट ४२ टन, झापाबाट ४५ टन तथा गोरखाबाट २५ टन तरुल काठमाडौं भित्रिएकोे कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




