काठमाडौँ । उपत्यकाका ११ वटा चोकमा तपाईंले अब ट्राफिक प्रहरीले हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरेको देख्नु पर्दैन । साथै सवारी साधनहरु पनि ट्राफिक लाइटको सिग्नललाई फलो गरेर रोकिने र गुड्नेछन् । यो जोडेपछि पैदलयात्रुलाई बाटो काट्न पनि लामो समयसम्म कुर्नुपर्ने छैन ।
नौ वर्षअघि बिग्रिएका उपत्यकाका ११ स्थानका ट्राफिक लाइट बल्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयनमा पुतलीसडक, पद्मोदय मोड (२ वटा), सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने (३ वटा), गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले समेत चासो लिएपछि ९ वर्षपछि ट्राफिक लाइट सञ्चालनमा ल्याउन सफलता मिलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।प्रधानमन्त्री ओली आफैले चासो दिएपछि ट्राफिक लाइट पुनः सञ्चालनका लागि सडक विभाग, काठमाडौँ महानगरपालिकाले लगानी गरेके हो । नेपालमा पहिलो पटक विक्रम संवत् २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी गेट, सुन्धारा, न्युरोड गेटमा ट्राफिक लाइट जडान गरिएको थियो ।
त्यसपछि ०५७ सालमा जापान सरकारले काठमाडौँका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरिदिएको तर बिग्रिएपछि ०६८ देखि सुचारु थिएन् । विगत ०६८ सालदेखि ट्राफिक लाइट फेरि बन्द हुँदा काठमाडौँको ट्राफिक व्यवस्थापनमा प्रतिकूल असर परेको थियो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि धमाधम ट्राफिक लाइट जडान गरिएको हो । विभागले राजधानीका सडकमा ट्राफिक लाइट जोड्नका लागि एक वर्षअघि नै ठेक्का खुलाएको थियो । हाल सञ्चालनमा रहेका ट्राफिक लाइट नेपाली इन्जिनियरले नै बनाएका हुन् ।
‘सडक विभाग र मर्मतको ठेक्का पाएको कम्पनीसँग समन्वय गरेर आठ वर्षपछि पुनः सञ्चालनमा ल्याउन सफल भयौँ,’ महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्नेछ ।’
एउटा लाइट बनाउन कम्तीमा ४ लाख रुपियाँ खर्च गरेको सडक विभागले जनाएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मुख्य कारण पाइएपछि विभाग र ट्राफिक धमाधम लागिपरेको छ । अबको केही दिनमै मित्रपार्क, कालिमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक लाइट सञ्चालन ल्याइने ट्राफिक प्रहरीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




