जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो।
यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए। केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो।
तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे। केटाको घरमासमेत केटी आउजाउ गर्थिन्।
आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे।
एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्नतः साथीहरुले पनि जोगाउन सकेनन्।
स्थानीयको आक्रमणमा नवराजसहित दुईजनाको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्।
बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो।
प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलीमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेले आक्रमण गरे। १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए।
केटीका आमाबुवाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाई छ।
घटनापछि चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भेरी ४ का गणेश विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी १ का टीकाराम सुनार वेपत्ता छन्। तीमध्ये एक जनाको शव फेला परेको छ।
नवराजसहितको युवा समूहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै स्थानीयले आक्रमण गरेको स्थानीयले बताएका छन्।
तर, केटी पक्षले केटीको उमेर नपुगेको र केटीले बिहेका लागि अस्वीकार गरे पनि जबर्जस्ती लान खोज्दा विवाद भएको दाबी गरेका छन्।
‘दुलही लिन गएको छोरा लाश बनेर आयो,’ बाबु मोहन विकले भने, ‘घटना सुनेदेखि आमा बेहोस् छिन्। पुलिसको जागिर खाएर बिहे गर्छु भन्थ्यो। पापीहरुले कलिलैमा हत्या गरिदिए।’
कोरोना संक्रमण नियन्त्रणमा जापानको सफलता,जापानभर आपतकाल हट्यो
प्रधानमन्त्री ओलीको सम्बोधन : कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




