मेलवर्न/कोरोना महामारीकै बिचमा पिपिइ नलगाइ एजकेयर भित्रै नाचगान गरेको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ ।
मेलवर्नको नुनावाडिङस्थित एक एजेकयर होममा स्टार्फहरुले त्यहा बसोबास गर्दै आइरहेका वृद्धवृद्धासंगै नाचगान गरेर रमाइलो गरेको भिडियो सार्वजनिक भएको थियो ।
नाचगानमा सहभागी एक कर्मचारीले टिकटकमा अपलोड गरेको उक्त भिडियोमा केयर कर्मचारीले कोरोनाबाट बच्ने पिपिई नै नलगाइ वृद्धवृद्धासंग नाचेको भन्दै सर्वत्र आलोचना भएको छ । एक कर्मचारीको जन्मदिन मनाउन आयोजना गरिएको कार्यक्रममा कर्मचारीहरुले साडी लगाएर नाचेको दृश्यलाई अष्ट्रेलियन मिडियाले बलिवुड डान्स पार्टीको रुपमा सम्बोधन गरेका छन् । तर, भिडियोमा नेपाली तिजको गितसमेत बजेको सुनिएको छ ।
यो घटना बाहिरिएपछि भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एण्ड्रुले कडा रुपमा आलोचना गरेका छन् । उता एजकेयरका प्रमुख कार्यकारीले भने एजकेयरभित्रै काम गर्ने र बस्नेहरुबिच नाचगान भएकाले खासै ठुलो गल्तीको रुपमा हेर्न नहुने स्पष्टीकरण दिएका छन् । तर, कोरोनाको दोस्रो लहरबाट ग्रसित मेलवर्नमा एजकेयर होम सबैभन्दा बढी प्रभावित भएको थियो । यसअघिनै सबै राज्यका एजकेयर होमले संक्रमणको अवस्था मुल्याकंन गरि स्टाफहरुलाई अनिवार्य पिपिई लगाउन थालेका थिए ।
यो घटनालाई अब एजकेयर वाचडगले अनुसन्धान गर्ने भएको छ । सार्वजनिक भएको भिडियोलाई एजकेयर क्वालिटी एण्ड सेफ्टी कमिसनले पनि अनुसन्धान गरिरहेको छ ।
(नेपालट्युव अस्ट्रेलियाबाट साभार)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




