प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए।खस्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले सेतोपाटीलाई बतायो।
प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर एक नेताले पनि प्रधानमन्त्री बैठकमा सहभागी हुने जानकारी आफूले पाएको बताए।
‘प्रधानमन्त्री बैठकमा सहभागी हुने भन्ने सुनेको छु। उहाँ निकटका केही नेताहरू अझै पनि रोक्ने पक्षमा छन्।तर धेरै नेता बैठकमा जानुपर्ने पक्षमा छन्,’ ती नेताले भने, ‘प्रधानमन्त्री बैठकमा सहभागी नहुँदासम्म उहाँको भर छैन। उहाँ बैठकमा सहभागी नभए पनि भोलिको बैठक हुन्छ।’
गत आइतबार स्थायी कमिटी बैठक एक साता स्थगित हुँदा सहमतिका लागि प्रयास गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सहमतिका लागि १० दिन समय मागेका थिए।
यो बीचमा सहमतिका लागि गम्भीर रूपमा छलफल हुन सकेन। एकपटक मात्रै दुई अध्यक्षको भेटघाट भयो भने प्रधानमन्त्री निकट नेताहरूसँग प्रचण्डको सामान्य छलफल भएको छ।
पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डलाई भेटेका छन् भने लुम्बिनी प्रदेश मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुगेका थिए। स्रोतका अनुसार प्रचण्ड र पोखरेलबीच केहीबेर मात्रै छलफल भएको थियो।
आइतबार बिहान प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट हुने बताइएको छ।
यसअघि दुई अध्यक्षबीच विवाद बढ्दा दोस्रो पुस्ताका नेताहरू सक्रिय हुने गरेका थिए। यसपटक भने उनीहरूको पनि गतिविधि देखिएको छैन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




