श्रावण २६

अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे-काठमाडौं सडकखण्डको महभिर भन्ने स्थानमा सडक भास्सिएपछि सवारी अवागमन अवरुद्ध भएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित छ । बुधबार बिहानदेखि ठप्प भएको सडक स्काभेटर नआउँदा अझै खुल्न नसकिरहेको बेला त्यहाँ पहिराे पनि खस्न थालेको छ ।

बाह्रबिसेबाट मात्र १ घण्टाको दुरीमा रहेको महभिर यताको सडक अविरल वर्षाले तीन फीट जति भास्सिएको छ भने माथिबाट पहिराे खस्न थालेको छ । स्काभेटर आए दिउँसोसम्ममा बाटो खुल्ने इलाका प्रहरी कार्यालयका प्रमुख पन्चकुमार बाखुले बताए ।

भोटेकोसी बाढीले पहिले पनि कटानमा पारेको उक्त सडक ममर्त गरेर संचालन गरिएको थियो । अहिले सडक भास्सिदा आउजाउ गरिरहेका यात्रु अलपत्र परेका छन् ।

वरिपरिका सडकका संरचना पनि भास्सिएकाले सडक पूरा ममर्त गर्न समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

बाह्रबिसे-काठमाडौं सडकखण्डको जुरे, बलेफिपछि अहिले महभिरमा पनि सडक भास्सिने समस्या थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार