{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629869793283","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । टोकियो ओलम्पिक २०२० मा सहभागी भएर फर्किएकी नेपाली ओलम्पियन गौरिका संहलाई कोरोना संक्रमण भएको छ।उनि यसै महिना जापानमा सम्पन्न ओलम्पिकमा सहभागी भई, राष्ट्रिय किर्तिमान बनाउँदै बेलायत फर्किएकी थिईन् ।

गौरिकालाई कोरोना संक्रमण भएको आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएकी हुन् । त्यसो त उलाई कोरोनाको कुनै लक्षण या विरामी भएक कारण संक्रमण पुष्टि भएको नभई, आफु नजिकको मानिसलाई कोरोना संक्रमण भएपछि आफुले पनि चेक गर्दा नतिजा पोजिटिभ आएको हो ।

गौरिका टोकियो ओलम्पिकमा सहभागी हुन आउँदाको समयमा टोकियोमा कोरोना संक्रमण महामारी अत्याधिक रहेको भएता उनि खेलमा सहभागी भई सुरक्षितरुपमा फर्किन सफल भएका थिईन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार