अस्ट्रेलिया। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा तत्काल नखोल्ने भएको छ।यसअघि डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अस्ट्रेलियन सरकारले थप दुई साता सीमा नखोल्ने जनाएको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केही दिन सिमाना नखोल्ने निर्णय भएको प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए।
दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै सरकारले तत्काल सीमा नखोल्ने निर्णय गरेको हो। यसअघि डिसेम्बर १ देखि खोपको। २ वटै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश गर्न दिने निर्णय भएको थियो।
पछिल्लो निर्णयसँगै अष्ट्रेलिया जान लागेका कामदार तथा विद्यार्थीलाई असर परेको छ।अष्ट्रेलियन नागरिकलाई भने सीमामा प्रवेश रोक लगाइने छैन।दक्षिण अफ्रीकाबाट सिड्नी आएका दुई अन्तर्राष्ट्रिय यात्रुलाई ओमिक्रोन प्रमाणित भएपछि उनीहरूलाई विशेष निगरानीका साथ क्वारेन्टाइनमा राखिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ।दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लागेको थियो।
२६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।उक्त भेरिएन्ट सजिलै फैलने, असर धेरै पार्नसक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई सङ्गठनले ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा राखेपछि पुनः विश्वभरनै यसको त्रास फैलिएको हो।
ओमिक्रोन भेरिएन्टलाई लिएर स्वास्थ्य अधिकारीको राय बमोजिम अस्ट्रेलियाले आफ्नो सीमा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ। ओमिक्रोनको जोखिम भएको क्षेत्रबाट आएका ५४ जना यात्रुलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ। दक्षिण अस्ट्रेलियाले सम्पूर्ण अन्तर्राष्ट्रिय आगन्तुक जो उच्च जोखिमयुक्त क्षेत्रबाट आएका छन् उनीहरूले १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको छ।
त्यसबाहेक अस्ट्रेलियाले ९ वटा दक्षिण अफ्रिकी राष्ट्रबाट आउने उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
जसमा दक्षिण अफ्रिका, बोट्सवाना, लेसोथो, जिम्बाम्बे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी, सेसेल्स र मलावीबाट आउने अस्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाबाहेकलाई प्रवेश निषेध गरिएको हो।
जापान र इजरायलले भने यो भाइरेन्ट फैलिन थालेपछि केहि समयका लागि देशको बोर्डर सबैका लागि बन्द गर्ने निर्णय गरिसकेका छन्।
सेतोपाटी ग्लोबलबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




