थाईल्यान्डस्थित एउटा प्रि-स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्।
नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए।बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्।भाग्नुअघि आक्रमणकारीले पीडितहरूमाथि गोली चलाउनुका साथै चक्कु पनि प्रहार गरेका थिए।
स्तब्ध बनाउने घटना’
आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन। तर प्रहरीका अनुसार उनी गत वर्ष मात्रै बरखासीमा परेका थिए।
आक्रमणमा मारिनेमा दुई वर्षसम्मका बालबालिका पनि रहेको विवरणमा जनाइएको छ। कम्तीमा १२ जना घाइते भएका छन्।
“खाना खाने समयमा आएर आक्रमणकारीले शुरूमा बालस्याहार केन्द्रका चार अथवा पाँचजना अधिकारीको गोली हानी हत्या गरे,” नजिकै कार्यरत प्रहरी अधिकारी जिदापा बुनसोमले समाचार संस्था रोयटर्ससँग भनिन्।
“शुरूमा मानिसहरूले पटाका पड्केको ठाने,” उनले थपिन्। त्यसपछि बालबालिका सुतिरहेको कोठामा आक्रमणकारी पुगेका थिए।
थाई प्रधानमन्त्री प्रायुथ चान-ओचाले त्यसलाई “स्तब्ध बनाउने घटना” भनेका छन्।आक्रमणकारीको नाम पान्या काम्राब भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घटनापछि उनी ब्याङ्ककमा दर्ता गरिएको नम्बर प्लेट भएको सेतो चारढोके टोयोटा पिकअप ट्रक चढेर भागेका थिए।
घटनामा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको नोङ्ग बुआ लाम्पु प्रान्तस्थित एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।थाईल्यान्डमा गोली हानेर ठूलो सङ्ख्यामा मान्छे मार्ने घटना विरलै हुन्छ।
सन् २०२० मा न्याकोन र्याटचासिमा शहरमा एक सैनिकले गोली हानी २१ जनाको हत्या गरेका थिए भने अन्य कैयौँलाई घाइते बनाएका थिए।
बिबिसी नेपालीबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




