१६ कात्तिक, नयाँदिल्ली । भारत उत्तरप्रदेशको रायबरेलीस्थित एक ‘पावर प्लान्ट’मा भएको विष्फोटमा परी मारिनेको संख्या २२ पुगेको छ ।
घटनामा ५७ जना घाइते छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार बोइलर प्लान्टको ट्युबमा भएको विष्फोटको समयमा करिब साढे पाँच सय जना काममा व्यस्त थिए । विष्फोटलगत्तै थप क्षति रोक्ने उद्देश्यले बाहिरका मानिसलाई प्रवेश दिइएन ।
विष्फोटपछि आधा घण्टासम्म उक्त इलाकामा बाक्लो धुँवा देखिएको थियो । मारिने र घाइते हुने अधिकांश करारका कर्मचारी छन् ।
घटनास्थलबाट उद्दारको काम सकिएको रायबरेलीका जिल्लाधिकारी सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार बोइलरको पाइप विष्फोट हुँदा ठूलो मात्रामा ग्यास बाहिर निस्किएको थियो । सोही कारण आगो लागेको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




