भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन्।
सत्ताधारी दलको विरोधमा ‘भारत जोडो यात्रा’ अभियान चलाइरहेका गान्धी अचेल विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन्।यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला पछिल्लो घटना भएको हो।
सामाजिक सञ्जालमा फैलिएको भिडिओमा गान्धीले पार्टीको कार्यक्रममा मञ्चबाट भारतको राष्ट्र गीत बजाउन अनुरोध गरेको देखिन्छ।सहयोगीले गीत बजाउँदा नेपालको राष्ट्रिय गान बज्दछ।
सुरुको धुन र पहिलो लाइन बजिसकेपछि अलमल्ल परेका गान्धीले उनका सहयोगीलाई ईशारा गर्छन्।त्यसपछि बल्ल ‘जन, गण, मन…’ बज्दछ।
Here is the full video: 1 min of entertainment & 57 seconds of respect.
•Rahul Gandhi asked to play national SONG.
•They played national anthem of Nepal.
•They stopped and played national ANTHEM of India.
•But they were actually playing all 5 paragraphs of Jan Gan Man 😭 pic.twitter.com/V4o0nH3WxW— Facts (@BefittingFacts) November 17, 2022
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि भारतीय जनता पार्टीका नेताहरूले गान्धीको आलोचना गरेका विवरणहरू भारतीय सञ्चार माध्यममा आएका छन्।
सामाजिक सञ्जालका वेबसाइटमा टिप्पणी गर्नेहरूले भारतको विपक्षी दलले महाराष्ट्र राज्यमा गरेको स्थानीय कार्यक्रममा कसरी छिमेकी देशको राष्ट्र गान बजाइनका निम्ति ठीक्क परेर राखिन पुग्यो भनेर प्रश्न पनि उठाएका छन्।
यो खबर बिबिसी नेपालीमा प्रकाशित छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




