रत्ननगर, चितवन, १७ कात्तिक , बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जस्थित वन्यजन्तुको बासस्थान क्षेत्रमा थुपारेको फोहर आजदेखि उठाउन थालिएको छ ।
क्षेत्रीय होटल संघको संयोजन तथा यहाँका एकदर्जन बढी संघ संस्थाको आयोजनामा आजदेखि फोहर उठाउन थालिएको हो ।
गत साउन २८ गते आएको बाढीले मकवानपुर जिल्लादेखिका फोहर बगाएर चितवन राष्ट्रिय निकुञ्जमा थुपार्दा वन्यजन्तुलाई असर पार्ने देखिएकाले फोहर उठाउन थालिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।
सिसा तथा प्लास्टिकजन्य फोहर अत्यधिक रहेकाले वन्यजन्तुको आहारा तथा बासस्थानमा नै असर गरिरहेको छ । त्यसैले अहिले यहाँका संघ संस्था मिलेर आजदेखि १० दिने अभियान थालिएको हो ।
निकुञ्जको पूर्वी क्षेत्रबाट आजदेखि वृहत सरसफाइ तथा फोहर व्यवस्थापन अभियान शुरु गरिएको बताउँदै कार्यक्रमका संयोजक जीतु तामाङले निकुञ्जको अन्य क्षेत्रमा समेत अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीमा नदीमा फोहर फाल्ने बानी रहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने पनि बताउनुभयो ।
फोहर संकलन अभियान शुभारम्भ गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले यो फोहर कहाँबाट आयो भनेर अनुसन्धान गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । वन अतिक्रमणलगायतका कारणले यहाँका गैँंडा हराउँदै गएको छ भन्दै उहाँले यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आजदेखि फोहर उठाउने अभियानमा मजदुर तथा सुरक्षाकर्मी गरी झण्डै ४० जना परिचालन भएका छन् । निकुञ्जभित्र नकुहिने फोहरको थुप्रो जताततै रहेकाले राप्ती नदीको मुहानक्षेत्र देखिनै सचेतना अभियानको खाँचो रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बताउभयो ।
चोरी शिकार नियन्त्रण युवाजागरण अभियानकी अध्यक्ष डोमा पौडेलले बाढीले निकुञ्ज क्षेत्र डुबानमा पारेकाले फोहर थुप्रिएको बताउँदै निकुञ्जभरिनै सरसफाइ चलाउनुपर्नेमा जोड दिनुभयो ।
सिसाजन्य फोहर, प्लास्टिकका बोतल, जुत्ता, चप्पल, लत्ताकपडालगायत मानव उत्पन्न फोहर भेटिएको छ । उक्त अभियानमा क्षेत्रीय होटल संघ र चितवन निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष, रेवान सौराहा, नेचर गाइड एशोसिएसन, बाघमारा वन, युनाइटेड हात्ती सहकारी, बाघ संरक्षण समिति, ग्रिन सोसाइटी, साना पर्यटन व्यवसायी, सपना भिलेज, वर्ड एजुकेशन सोसाइटीलगायत संघ संस्थाको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




