काठमाडौं । आकांक्षालाई नर्सले बेहोस बनाउन सुई लगाउन थालिन् । कमिलाले चिलेजस्तो भयो । सुईको दुखाई भन्दा पनि उनको मनमा सन्त्रासको सुई भने निकै तिखो गरी गड्दै थियो । कौतूहल थियो । अब के हुन्छ भन्ने जिज्ञासाले मन हुँडलिएको थियो । मनमा अनेकथरि कुराहरु खेलिरहेका थिए ।
अबको ५ घण्टापछिको संसार उनले कल्पना गर्न थालिन् । त्यही बेला उनले विराटनगरको घर सम्झिन् । आमा र बुवाको याद आयो । काठमाडौंमा रहेका साथी संगी आँखाभरी छरिए । निमेषभरमै यी सबै दृश्य र कल्पनाहरु एकपछि अर्को दिमागमा आइरहेका थिए ।
थोरै डर र धेरै आशाको स्वास लिइरहेका बेला आकांक्षा थाइल्याण्डको बैंककको प्राटुनम पोलीक्लिनिकको बेडमा थिइन् । न त्यहाँ उनका अभिभावक थिए न त मिल्ने साथी नै । उनी एक्लै थिइन् । त्यो बेला उनले परिवारको सहारा अभावको महसुस गरिन् । ‘तिमीलाई केही हुँदैन हामी छौं नि’ भन्ने स्वर सुन्न उनका कान लालायित भए । तर, उनलाई त्यसो भन्ने त्यहाँ कोही थिएन ।
मरुभूमिमा पानी खोज्ने
औंसीको रातमा छायाँ खोज्ने
म त पागल हुँ
यो स्वार्थी दुनियाँमा चोखो माया खोज्ने
म त पागल हुँ
श्रीखण्ड भनी रोपेको थिएँ
ऐंजेरु बनी पलायो
आखिरीमा मायाले पनि डढेलो बनी जलायो
अचानो बनी चोट खप्ने
खुकुरीको नै नाम जप्ने
त पागल हुँ……
घर छोडेर हिँडेकी उनले आमाको न्यानो काखको अपेक्षा गर्नु सायद उनको मनमा सत्यराज आचार्यको गीतले भने जस्तै पागलपन थियो । आमाको मायालु स्वर सुन्न खोज्ने उनका कान नै सायद दोषी थिए ।
यत्तिकैमा बेडमा रहेकी आकांक्षाका आँखा लठिठ्न थाले ।
५ घण्टापछि ब्युँझदा उनको स्वरुप फेरियो । रूप अर्कै भयो । आकांक्षाको सेक्स चेन्ज भइसकेको थियो । उनको शरीरमा पुरुषको यौनाङ्ग थिएन । महिलाको यौनाङ्ग प्रत्यारोपण भइसकेको थियो । उनी महिला भइसकेकी थिइन् । उनकै आकांक्षा थियो पुरुषबाट महिला हुने । तर पनि आफ्नो रूप देख्दा उनी आफैंलाई अचम्म लाग्यो । “त्यो समय म आफैंलाई अनौठो लाग्यो । मेरो पुनः जन्म भयो र नयाँ जिन्दगी सुरु भयो भन्ने महसुस गरिरहेको थिएँ,” अप्रेशनपछि ब्युँझिएको त्यो क्षण सम्झिँदै उनले भनिन्, “मलाई आफैंलाई पनि विश्वास गर्न कठिन भइरहेको थियो । म आकांक्षा नै हुँ भनेर मलाई आफैंलाई प्रश्न गर्न मन लागिरहेका थियो ।”
सत्य सत्य नै हुन्छ । उनको स्वरूप फेरिएको थियो । उनी महिला भइसकेकी थिइन् । तेस्रोलिंगी महिला आकांक्षाको शरीर पनि महिलाको स्वरुपमा बदलिएको थियो । एक महिना बैंककमा बसिन् ।
दुई वर्ष अगाडि अफिसको कामले उनी बैंकक पुगेकी थिइन् । त्यही बेला उनले सेक्स चेन्जबारे बुझिन् । ५ लाख रुपैयाँ भए सेक्स चेन्ज हुन्छ भन्ने थाहा पाइन् । ५ लाख त म पनि जोहो गर्न सक्छु भन्ने उनलाई लाग्यो । मन फुरुङ भयो । उनले त्यही दिन संकल्प गरिन्– म ५ लाख बन्दोबस्त गर्छु र एक दिन यहीँ आएर महिला बनेर नेपाल फर्किन्छु ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




