काठमाडौं । नेपालमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । हिम इलेक्ट्रोनिक्ससँगको साझेदारीमा कम्पनीले नवलपरासीमा ल्यान्डमार्क टेलिभजन कारखाना खोलिएको  हो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ साउथइस्ट एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेबी पार्कले सो कारखानाको संयुक्त रूपमा उद्घाटन गरे ।

कारखानामा ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन उत्पादन हुने बताइएको छ । त्यस्तै कारखानामा हाल एक सय बढीले रोजगारी पाएको र पूर्ण क्षमतामा टिभी उत्पादन हुने अवस्थामा एक हजार बढीले रोजगारी  पाउने कम्पनीले जनाएकाे छ ।

साे अवसरमा बोल्दै  सामसङ साउथइस्ट एसियाका सीईओ जेबी पार्कले स्थानीय उद्योगलाई सशक्त बनाउन र राेजगारी सिर्जना गर्न कारखाना स्थापना गरिएको बताए


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार