काठमाण्डौ । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । यो सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
अघिल्लो आर्थिक वर्षमा झन्डै छ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दो देखिएको जनाएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको बताइएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका र चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार पुगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार पछिल्लो समय युरोप जानेको सङ्ख्या पनि बढ्दो रहेको र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् ।
श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए ।उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएको देखिन्छ । यसमध्ये युरोप जानेको सङ्ख्या धेरै छ । चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए । वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
असार महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार चार सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् । विदेशिनेमा ४९ हजार पाँच सय नौ पुरुष र चार हजार नौ सय ४८ महिला छन् ।
यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै एक हजार चार सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिए । उहाँका अनुसार गएको वैशाख महिनामा नौ सय ७४ र जेठ महिनामा चार सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि एक हजार तीन सय ९६ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै गएको वैशाख र जेठ महिनामा चार सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




