काठमाण्डौ। जुम्लाको काँचो स्याउ बजारमा गएपछि यसलाई रोक्न सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निर्णय भएको हो ।
व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । जुम्लाका केही पालिकाबाट काँचो स्याउ साउनको पहिलो हप्ता नै सुर्खेत बजारमा पुगेपछि स्याउको गुणस्तरबारे गुनासो आएको छ ।
स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न आठवटै पालिकालाई निर्देशन दिएको जिसस प्रमुख आर्चायले बताउनुभयो । उहाँका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसविना नै निर्यात गर्न नपाइने निर्णय भएको छ ।
काँचो स्याउ नै स्थानीय व्यापारीले खरिद गर्न थालेपछि रोक लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पूर्णरुपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।
जुम्लामा अहिले चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको तथ्याङ्क छ ।
(यो खबर उज्यालो अनलाईनबाट लिइएको हो)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




