टोकियो/जापान। जापान बैंक (BOJ) ले शुक्रबार आफ्नो छोटो- अवधीको नीतिगत ब्याजदर लक्ष्य हालको ०.२५% बाट ०.५% मा वृद्धि गर्ने निर्णय गरेको छ। यो पछिल्लो छ महिनामा दोस्रो पटक ब्याजदर वृद्धि हो। यो दर सन २००८ पछिकै उच्च हो ।
बैंक अफ जापानले सन २०२५ को वसन्तकालीन श्रमिक) वार्तामा उच्च तलब वृद्धि हुने अपेक्षा गरेको छ, जसले मुद्रास्फीति दरलाई २% मा पुर्याउन मद्दत गर्ने विश्वास गरेको छ। जसको आधारमा टेकेर यो व्याजदर वृद्धिको निर्णय गरिएको देखिएको छ।
ब्याजदर वृद्धि गर्ने निर्णय बैंक अफ जापानका गभर्नर काजुओ उएदा सहित नीतिगत बोर्डका ९ सदस्यहरूमध्ये बहुमतले गरेका हुन्। तोयोआकी नाकामुराले मात्र यसविरुद्ध मतदान गरेका थिए।सन २०२४ मार्चमा भएको बैठकमा नकारात्मक ब्याजदर नीति अन्त्य गरेपछि, बैंक अफ जापानले जुलाईको बैठकमा ब्याजदर वृद्धि गर्ने निर्णय गरेको थियो।
डिसेम्बरको बैठकपछि गभर्नर उएदाले पत्रकारहरूसँग बैंकलाई ब्याजदर वृद्धि गर्ने निर्णयका लागि थप जानकारी आवश्यक भएको बताएका थिए। त्यसपछि, जनवरी १५ मा उनले यो महिनाको बैठकमा छलफल गरेपछि निर्णय लिने बताउँदा बजारमा ब्याजदर वृद्धि हुने अपेक्षा फैलिएको थियो।
मुद्रास्फीति लक्ष्य हासिल गर्नका लागि निरन्तर तलब वृद्धि आवश्यक छ भन्ने विश्वास बैंकले राखेको छ। जनवरी ९ मा बैंक अफ जापान महाप्रबन्धकहरूको बैठकमा बैंकले ठूला कम्पनीहरूसहित धेरै क्षेत्रमा तलब वृद्धिको आवश्यकता प्रति जागरुकता फैलिएको जानकारी दिइएको थियो।
आर्थिक बजारका प्रवृत्तिहरू पनि ब्याजदर वृद्धि गर्ने कारणहरूमा एक रहेका थिए। जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पदस्थापनपछि पनि बजार स्थिर देखिनु तथा ट्रम्पले यस हप्ता चीनबाट आयातमा थप कर लगाउने विचार गरिरहेको बताएता पनि, बजारमा प्रभाव सीमित हुनु लगायतलाई आधार मान्न सकिन्छ।
सामान्यतय, व्याजदर वृद्धि गरिनु यतिखेर जापानको अर्थतन्त्र सुधारोन्मुख छ भन्ने हो। यसले अल्पकालिन लगानीकर्ताहरुलाई जापानी येनतर्फ आकर्षित गर्न सक्दछ। तर व्याजदर बढ्दा ऋण लिएर जापानमा चल/अचल सम्पत्ती खरिदकर्ताहरुलाई भने असर पार्न सक्दछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




