क्योटो, जापान । डिमेन्सिया पीडित एक ९६ वर्षीया वृद्धाको बैंक कार्ड र पासबुक ठगी गरेको आरोपमा क्योटो प्रहरीले एक पूर्व प्रहरी अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्योटो प्रिफेक्चरल प्रहरीका पूर्व अधिकारी र अर्का एक कम्पनी कर्मचारी रहेका छन्। ति व्यक्तिले डिमेन्सिया भएका वृद्ध नागरिकलाई सहयोग पुर्याउने भन्दै पूर्व प्रहरी कर्मचारीहरू मिलेर स्थापना गरेको एक समूहको बोर्ड सदस्यसमेत हुन् ।
प्रहरीका अनुसार यो घटना मार्च ७ मा भएको हो।उनिहरुले “हाम्रो समूहले तपाईँको पैसा सुरक्षित रूपमा व्यवस्थापन गर्छ” भन्दै वृद्धाको बैंक कार्ड र पासबुक लिए। यस समूहले प्रहरीद्वारा संरक्षणमा राखिएका डिमेन्सिया पीडितलाई परिवारकै प्रतिनिधि बनेर ल्याउने–पुर्याउने तथा दैनिक सहायता गर्ने सेवा प्रदान गर्दै आएको छ। तर, यसै समूहका बोर्ड सदस्य र पूर्व प्रहरी अधिकारी नै ठगीमा संलग्न देखिनुले प्रश्न उठाएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैले वृद्धाको बैंक कार्ड प्रयोग गरी कयौँ लाख जापानी येन निकालेको शंका गरेको छ। समूहले आफ्नो वेबसाइटमार्फत “प्रहरीको सहकार्यमा वरिष्ठ नागरिकलाई सुरक्षित र भरपर्दो वातावरण सिर्जना गर्ने” प्रतिवद्धता जनाए पनि व्यवहारमा उल्टो गतिविधि भएको भेटिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका मध्ये एक जना यसअघि क्योटो प्रहरीको चोरीसम्बन्धी शाखामा कार्यरत थिए। सन २०२३ को वसन्तमा अवकास लिएपछि उनले अर्को पूर्व प्रहरी अधिकारीसँग मिलेर यो सहायतामूलक समूह स्थापना गरेका थिए।
यो घटना वृद्धाका परिवारजनले रकम शंकास्पद रूपमा हराएको देखेपछि जून महिनामा प्रहरीसँग सम्पर्क गर्दा बाहिर आएको हो। क्योटो प्रहरीले दुवै अभियुक्तमाथि थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




