TV studio with camera and lights

काठमाण्डौ । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ ।

श्रव्यसँग सँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । विश्व जगतमा भन्दा निकै ढिला गरि नेपालमा सुरु भएको टेलिभिजन अहिले हरेक समूदायमा लोकप्रिय सञ्चारमाध्यमका रुपमा परिचित छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढी टेलिभिजन च्यानलहरु नियमित प्रसारणमा छन् । घटना भएको स्थानलाई प्रत्यक्ष रुपमा आम दर्शकहरुलाई देखाउन र हरेक विषय वस्तुमा दृश्यसहित सूचना प्रवाह गर्न टेलिभिजन सफल भएको छ । सिसाभित्रको दुनिया भनेर समेत चिनिने टेलिभिजन प्रविधिको विकाससँगै अहिले मोबाइलमार्फत् पनि हेर्न सकिन्छ । प्रविधिले नयाँ नयाँ अनुसन्धान र विकासगरेसँगै यसले हातमा नै टेलिभिजन हेर्न सकिने गरि विकास गरिदिएको छ ।

नेपालमा हाल ४० वटा टेलिभिजन सञ्चालनमा रहेका छन् । आफुले आफैलाई सबैभन्दा उत्कृष्ठ र सर्वश्रेष्ठको रुपमा स्थापित गराउन प्रतिष्पर्धामा रहेका छन् । सूचना, मनोरञ्जनको भरपर्दो माध्यम टेलिभिजनको दिवसको अवसरमा नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशीले आमदर्शक, शुभेच्छुक, विज्ञापन दाता र केवल प्रदायक संघहरुलाई धन्यवाद दिँदै टेलिभिजनको माध्यमबाट धेरै भन्दा धेरै दर्शकहरुलाई थप सूचना प्रवाह गरिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार