रुकुम । रुकुमकोटबाट रुकुमको सदरमुकाम खलंगा आउँदै गरेको जीप शुक्रबार राती दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ। ग१ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिका ६, कालीमाटीमा दुर्घटना भएको हो ।

जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा परि प्रहरी निरीक्षक द्वय नवीन श्रेष्ठ र अनिता प्रधानको मृत्यु भएको छ । उनीहरु वीच गत विहीबार मात्र विवाह भएको थियो ।

अपराध महाशाखामा काम गरेर अनिता पछिल्लाे समय इलाममा कार्यरत थिइन। नबिन भने सुर्खेत ट्राफिकमा कार्यत थिए। घर गएर उनीहरु सुर्खेत फर्कदै थिए।

अनिता माइती घरबाट इटहरीस्थित नवीनको घर भित्रिएकी थिइन् ।

मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ, सुधन श्रेष्ठ, मुसीकोट १ कै जनक शाह र त्रिवेणी १ की यमुना मल्लको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् ।

घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार