बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ बर्षीय बिनोद चौधरीको मृत्यु भएको छ । तुलसीपुरमा मंगलबार अपरान्ह प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने काँग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट हुँदा चौधरी घाइते भएका थिए । उनको नेपालगञ्जमा उपचारका क्रममा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बिस्फोटबाट नौ जना घाईते भएका थिए । घाईते मध्ये चार जनाको अवस्था गम्भीर थियो । अन्य गम्भिर घाइतेहरु बबई गाउँपालिका–६ पञ्चकुलेका ३६ बर्षीय नेपबहादुर खत्री, तुलसीपुर–७ डाँडापातुकी २२ वर्षीया जेनी डिसी र बागचौर नगरपालिका–२ थारमारे सल्यानकी ४० बर्षीया देवी डीसीको पनि नेपालगञ्जमै उपचार भैरहेको छ ।
तुलसीपुर –१२ उरहरीकै सर्वसाधारण १९ बर्षीय बिनोद चौधरी, तुलसीपुर–१७ मानपुरका ४० बर्षीय बोमराज सुनार, शान्तिनगर गाउँपालिका–२ अमुवाका ५० बर्षीय हिमलाल राम्जाली, बबई–६ बुड्कवाकी १८ बर्षीया सुनिता चौधरी र सल्यान ढोरचौर गाउँपालिका–२ चाख्लीघाटकी ४५ बर्षीया नरभूमी बुढाथोकीको तुलसीपुरमै उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




