राष्ट्रपति विद्यादेवी भण्डारीलाई अत्यन्त अशोभनिय शब्द प्रयोग गरी फेसबुकमा स्टाटस र कमेन्ट गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

तनहुँ बन्दीपुर घर भइ काठमाडौंको कालिमाटी बस्ने २० वर्षका विवेक बानियाँलाई प्रहरीको सिआइबीको टोलीले पक्राउ गरेको हो। सामाजिक संजाल फेसबुक मार्फतको बिषयमा अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका स्टाटस अपलोड गरेपछि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

उनलाई बिद्युतीय ईलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आबश्यक अनुसन्धान कार्य भई रहेको छ। बिद्युतीय ईलेक्ट्रोनिक कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्ष सम्म कैद र १ लाख सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार